पाल्पा–२ नम्बर–२ ‘ख’ माओवादी केन्द्र विजयी

पाल्पा- पाल्पाको क्षेत्र नम्बर–२ ‘ख’ माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए ।