रौतहट–२ मा कांग्रेसले मार्यो बाजी, अफताब आलम विजयी

रौतहट- प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम विजयी भएका छन । उनी १८ हजार ८ सय ३३ मतसहित विजयी भएका हुन ।

उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत ल्याए भने वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याए ।

२०३४ सालबाट राजनीतिमा प्रवेश गरेका आलम २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिय । तर २०७० सालको चुनावमा यसै क्षेत्रमा पराजित भएका थिए ।