काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५ मत ल्याएर विजयी भएका छन् ।
दाङ क्षेत्र नम्बर दुईबाट विजयी भएका महराका निकटतम प्रतिद्वन्दी कांग्रेस राजु खनालले २६ हजार ३६ मत ल्याएका छन् । महराले खनाललाई १३ हजार ८ सय ६९ मतान्तरले पराजित गराएका छन् ।






