नुवाकोटमा रामशरण र अर्जुन नरसिंह पछाडि धकेलिए

नुवाकोट- नुवाकोटको प्रतिनिधि सभाको निर्वाचन पनि निकै रोमाञ्चकता साथ हेरिएको छ । नुवाकोटबाट नेपाली कांग्रेसका दुई प्रभावशाली नेता अर्जुन नरसिंह केसी र डा.रामशरण महत प्रतिस्पर्धामा हुुनुहुन्छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार डाक्टर महत पछाडि पर्नुभएको छ । महतले २ हजार आठसय ८३ मत प्राप्त गर्नु भएको छ । महतका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले ३ हजार ३ सय ३६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसकै उम्मेदवार अर्जुन नरसिंह केसी पनि पछाडि पर्नुभएको छ । केसीले १९ सय ७० मत प्राप्त गर्दा केसीका प्रतिद्धन्द्धी वाम गठबन्धनका नारायणप्रसाद खतिवडाले ३ हजार ७० मत मत प्राप्त गर्नु भएको छ ।