रूकुम- वामगठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पनि विजयी सुरूवात गरेको छ । उसले पुर्वी रूकुमबाट जित दर्ता गराएको हो ।
पुर्वी रुकुमबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले १० हजार ४ सय ३४ मत पाउँदै प्रतिनिधिसभामा विजयी भएकी हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत मात्रै ल्याउन सफल भए ।
कुल खसेको १८११२ मत मध्य १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताए ।
कसको भागमा कति मत ?
कमला रोका नेकपा माओवादी केन्द्रः १०४३४ मत (विजयी)
हरिशंकर घर्ती, नेपाली कांग्रेसः ४४०६ मत
जीतमान पुन, नयाँ शक्ति नेपालः १४८९ मत
रतनबहादुर बूढा, मंगोल नेश्नल पार्टीः ५८ मत
बदर मतः ११७८
सदर मतः १६९२४
जम्मा खसेको मतः १८११२






