एमालेलाई भोट माग्ने राज्यमन्त्री निश्कासित

काठमाडौं– एमालेलाई भोट मागेको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ । पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई सरकारबाट समेत हटाइने भएको छ ।

पार्टी स्रोतका अनुसार लामाले काभ्रेपलाञ्चोक र झापा जिल्लामा एमालेको पक्षमा भोट मागेका कारण निष्कासन गरेको हो ।

उनलाई महामन्त्री पदबाट निष्कासन गरेको जानकारीसहित पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले राज्यमन्त्रीबाट पनि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।