सप्तरी- नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार मुलुकको संविधानलाई सर्वस्वीकार्य नबनाउने बताउनुभएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा शुक्रबार सप्तरी पुग्नुभएका डा.भट्टराईले राजविराजमा अयोजित पत्रकार सम्मेलनमा आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन भएमात्रै मधेसी जनताको अधिकार स्थापित हुने बताउनुभयो । उहाँले मधेसी जनताप्रति दुवै गठबन्धनको कुनै दिर्घकालीन सोच नभएको बताउनुभयो ।
उहाँले कांग्रेस भोटको लागि मात्रै लोकतन्त्र र संघीयताको नारा लगाउँदै जनतालाई मोहित पार्ने प्रयत्न गरिहेको भन्दै भट्टराईले फोरम–राजपाको चुनावी मुद्दासँग आफूहरुको मुद्दा निकट रहेको बताउनुभयो ।






