पश्चिम रुकुम- बाफिकोट गाउँपालिका ५ स्थित पश्चिम रत्न आधारभूत विद्यालय ‘क’ केन्द्रको मत पेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा सदस्य लागि छुट्याइएको मत पेटिकामा आगो लागेको जिल्ला निर्वाचन कार्यालय रूकुमले जनाएकाे छ ।
एसिडका कारण मतपेटिकामा आगो लागेको आशंका गरिएको छ । मत पेटिकामा २४४ मत खसेपछि आगो लागेको थियो । मतपेटिकामा आगो देखिएपछि मतदान कार्य स्थगित गरिएको छ ।
आगोबाट मत पेटिकाका अधिकांश मतपत्र जलेको आशंका गरिएको छ । मतदान केन्द्रमा प्रज्वननशील पदार्थ लगायतका वस्तु प्रवेशमा रोक लगाइएको हुन्छ ।






