काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाले भारतको संरक्षणमा बसेर बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रामक अभिब्यक्ति दिएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
लामाले भारतमा आयोजित एक समारोहमा बुद्ध नेपाली हो की इण्डियन रु ’ भन्ने प्रश्न गर्दै नेपालीहरुको हाँसो उडाउँदै उनले भने, ‘केहि नेपालीहरुले भन्छन, नेपालको लुम्बिनीमा बुद्ध जन्मेको हो, तर यो कुरा हावा हो । बुद्ध भारतमा जन्मेका हुन् ।
यसैबिच नायक राजेश हमालले पनि दलाई लामाको अभिब्यक्ति निकै नै भ्रामक भएको बताएका छन् । नायक हमालले फेसबुक स्टाटस मार्फत् भनेका छन्, ‘तथा कथित सत्य र दयालु भनिने व्यक्तिले दिएको अपिल भ्रामक छ । 






