काठमाडौँ- पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । अचानक स्वास्थमा समस्या आएपछि उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको थियो । बिहान ५ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा उनको निधन भएको श्रोतले जनाएको छ ।
निधन भएको बारे पारिवारिक श्रोतले भने केहि बताउन चाहेको छैन । चुनावी कार्यक्रमकालागि झापामा रहेका प्रचण्ड ८ बजे काठमाडौँ आइपुग्ने पारिवारिक श्रोतले जानकारी दिएका छन् । थप जानकारी भने आउन बाँकी रहेको छ ।






