सलमान ,प्रभु देवा, ज्याकलिन नेपाल आउने

बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौंमा  ल्याउन लागेका हुन् ।

फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए ।

सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।