काठमाडौं क्षेत्र न. ९ मा कांग्रेसले कब्जा गर्दै, धर्मराजको पक्षमा जनलहर

काठमाडौं । काठमाडौंको पश्चिमी गाँउ स्युचाटारको साधारण किसान परिवारमा जन्मेका काङ्ग्रेस नेता धर्मराज गौतमले राजनीति तथा अर्थशास्त्रमा स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।

बिगत ३५ बर्ष देखि नेपाली काँग्रेस पार्टीको एउटा इमान्दार,कर्मठ तथा सामाजिक कार्यमा सहभागी धर्मराज गौतमले बिक्रम सम्बत २०४० सालमा अमृत साइन्स कलेजमा नेपाल विद्यार्थी संघ एकाइ उपाध्यक्ष तथा बि.स. २०४३ सालमा ताहाचल बहुमुखी क्याम्पसमा ने.बी.संघ एकाई अध्यक्ष पदमा रही कार्य गरिसकेका छन् ।

बि.स. २०४२ सालको सत्याग्रहमा सक्रिय सहभागि धर्मराज गौतमले प्रजातन्त्र र नेपाली जनताको हक अधिकारका लागि बिभिन्न समयमा जेल-नेल समेत भोग्नु परेको थियो l बि. स. २०४६ सालको जनआन्दोलन सफल बनाउन सक्रिय भूमिका खेलेका गौतमले, बि.स. २०४७ सालमा नेपाल विधार्थी संघ काठमाडौं जिल्ला सभापति समेत रहेका थिए । वि. सं. २०४६ सालको जनआन्दोलनको सफलता पछि सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन स्युचाटार गाउँ विकास समितिको अध्यक्षमा अत्याधिक मत प्राप्त गरी निर्वाचित गौतमले त्यतिबेला स्थानीय जनताको हितमा लिएका निर्णयहरु तथाा स्थानीय विकासका कृयाकलापहरुको आज पनि त्यहाँका जनताहरुले सह्राहना गरिरहेका छन ।

नेपाली काँग्रेस पार्टीको संगठन बिस्तारका लागि काठमाडौंमा राष्ट्रिय स्तरको क्षेत्रिय सभापतिहरुको भेला सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएका धर्मराज गौतमले पटक पटक गरी नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ६ मा वीस वर्ष क्षेत्रीय सभापतिका रुपमा कार्य गरिसकेका नेता गौतम सो क्षेत्रमा निक्कै लोकप्रीय मानिन्छन् ।

बिक्रम सम्बत २०५५ सालमा नयाँ विकल्प साप्ताहिक पत्रिकाको संस्थापक सम्पादक समेत रहेका धर्मराज गौतम, श्री पन्चकन्या माध्यामिक बिध्यालय व्यवस्थापन समिति अध्यक्ष्, बागमती सुधार समिति सदस्य तथा बि.स. २०६१ सालमा नेपाल खानेपानि संस्थाको प्रबन्ध निर्देशक समेत रहेका थिए l गत पैतीस बर्ष देखि आफ्नो जीवनमा आएको सारा दुख-सुख र उतार-चडावलाई पर्वाह नगरी जनताको चाहना अनुसार, समय र विश्वमा देखिएको परिवर्तन संगै प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र विकासका लागि प्रत्यक अभियानमा सहभागी हुन पाउनु गौरब मान्दै आएका छन् ।

धर्मराज गौतमले बिक्रम सम्बत २०६२/६३ को आन्दोलन होस् वा लामो समय देखि देशमा जारी हुन नसकेको संबिधान जारी गर्न नेपाली कांग्रेस पार्टीले खेलेको महत्वपूर्ण भूमिकालाई क्षेत्रीय सभापति तथा जनताको चहना अनुसार साथ् दिदै आएका थिए । संबिधान जारी भए पश्चात देशमा २०औ बर्ष देखि हुन् नसकेको स्थानीय निकाएको निर्वाचन सम्पन्न भएको छ l जनताले जन-प्रतिनिधिहरु पाएका छन् ।

नेपाली काँग्रेस पार्टीले संबिधान जारी गर्नका लागि होस् वा स्थानीय निर्वाचन गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जुन कुरा यहाँहरुलाई अवगत भएकै कुरा हो । काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली काङ्ग्रेसले आगामी मंसिर २१ गते हुन् लागिरहेको प्रतिनिधि सभाका लागि ध्यान गोबिन्द रन्जित र प्रदेश सभाको लागि क्रमशः इन्द्रमान तुलाधर र धर्मराज गौतमलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं जिल्ला, निर्वाचन क्षेत्र नं. ९, प्रदेश सभा (२) मा प्रत्यक्ष तर्फका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार धर्मराज गौतमको चुनावी अभियान तीब्र गतिमा अगाडि बढिरहेको छ । धर्मराज गौतम उक्त क्षेत्रमा चितपरिचित तथा गत २५ बर्ष देखि कार्यरत, शान्ति, सुरक्षा, स्थाईत्व र विकासका लागि कटिबद्ध रहेकाले, यस पटक काठमाडौं क्षेत्र नम्बर ९ का जनताको मन जित्ने विश्वास गर्दै, आफुलाई रुख चिन्नमा मत दिई विजय गराउन आग्रह समेत गरेका छन ।