नुवाकोट। कांग्रेस नेता डा . रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ ।
नुवाकोटको चतुरालेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो । बम आक्रमणबाट ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विष्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा . महत भने सकुशल छन् ।






