लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सामूहिक लगानीका विषयमा शुक्रबार साझ अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।
हाइड्रोपावरमा लगानी गर्ने विषयमा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरीएको एनआरएनए यूकेको सामूहिक लगानी विभागका संयोजक गंगा रानाले जानकारी दिए । रानाले नेपालीहरुको सामूहिक लगानीमा हाइड्रो सञ्चालन गर्ने विषयमा तयारी भइरहेको बताए । कार्यक्रममा सहभागी हुन संयोजक रानाले अपिल गरेका छन् ।
एनआरएनए यूकेको नयाँ नेतृत्व आएपछि विभागले पहिलोपटक यस प्रकारको कार्यक्रम गर्न लागेको हो ।
गैर आवाशीय नेपाली संघ संयुक्त लगानी विभागका संयोजक गंगा बहादुर रानाको अपिल–
— सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार !
भर्खरै मात्र बसेको गैर आवाशीय नेपाली संघ यूकेको प्रथम बैठकले मलाई संयुक्त लगानी विभागको संयोजकमा नियुक्त गर्नुका साथै मलाई केहि महत्वपुर्ण जिम्बेवारी समेत दिएकोले उक्त जिम्बेवारी निभाउनको लागि तपाईहरुको साथ बिना प्राय असम्भव देख्दछु तसर्थ यस सुनौलो घडीमा मेरो पहिलो काम एक चुस्त र दुरुस्त टोलि खडा गर्नु पर्ने भएकोले सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा एस संयुक्त लगानी विभागमा रहेर काम गर्ने इछ्या भएमा मेरो निम्न ठेगानामा येथाशिघ्रा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछु।
एसको मुख्य काम बेलायतमा बसोबास गर्ने नेपालीहरुले संचालन गरेका सयुक्त लगानीको बारेमा सर्वसाधारणले जानकारी गराउनको साथै संयुक्त लगानीमा अभिप्रेरित गर्नु हुने छ साथै एसमा रहेर काम गर्नुको लागि बेलायतमा बसोवास गरेको हुनु पर्ने छ।
सम्पर्क:gangarana@hotmail.com ०७४०१४६४१६६
गंगा बहादुर राना
संयोजक
संयुक्त लगानी विभाग
गैर आवाशीय नेपाली संघ यूके






