लामखुट्टे मारेर पोस्ट गर्दा ट्वीटर एकाउन्ट नै बन्द !

जापानमा एक युवकको टुइटर एकाउन्ट एकाएक बन्द भयो । त्यसको कारण के भने उनले लामखुट्टे मारेर सामाजिक सन्जाल ट्वीटरमा फोटो पोस्ट गरेका थिए । उनलाई ट्वीटरले नियम उल्लंघन गरेको उल्लेख गर्दै उनको ‘एकाउन्ट’ नै बन्द गरिदिएको हो ।

‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले गरेको पोष्टलाई ३१ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरुले रिट्वीट् र २७ हजारभन्दा बढीले लाइक गरेका थिए । त्यसपछि ट्वीटरले उनको एकाउन्ट नै बन्द गरिदिएको हो ।

ट्वीटरमार्फत गाली तथा वेइज्जती र समाजमा हिंसा भड्काउने खालको सन्देश प्रवाह गरेमा प्रयोगकर्ताको ‘एकाउन्ट’ बन्द गरिने शर्त राखिएको छ । तर, ती युवकको ट्वीटर एकाउन्ट निलम्बित गरिनुको कारण भने लामखुट्टे विरुद्ध अफवाह फैलाएर उपहास गरेर नियम उल्लघंन गरेको ’ट्वीटर जापान’ले उल्लेख गरेको छ ।

ती युवकले टीभी हेर्नेक्रममा आफूलाई टोकेको लामखुट्टेलाई मारेपछि फोटो खिचेर ट्वीटरमा पोस्ट गर्दै लेखेका थिए, ‘जब म आराम गर्न टेलिभिजन हेर्न बस्छु तब कहाँबाट तँ आएर टोक्छस् मलाइ ? मर ! एजेन्सी ।