क्याटालन क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको छ । स्पेन सरकारले क्याटालोनियामा प्रत्यक्ष शासन लागु गर्ने तयारी गरिरहदा क्याटालन संसदमा आज भएको मतदानमा अधिकांशले स्वतन्त्र हुने पक्षमा मत दिएका छन् ।
७० जनाले स्वतन्त्र हुने पक्षमा मतदान गरेका थिए भने १० जनाले विपक्षमा मतदान गरेका थिए । विपक्षी सांसदले भने मतदान बहिष्कार गरेको बीबीसीले उल्लेख गरेको छ । यसअघि स्पेनी प्रधानमन्त्री मारियानो रजोयले संसदमा क्याटालोनियामा कानुन र प्रजातन्त्रको रक्षा तथा स्थिरता कायमा राख्न प्रत्यक्ष शासन लागु गर्नुपर्ने बताउनुभएको थियो ।
क्याटालोनियामा अक्टोबर पहिलो साता भएको जनमतसंग्रहमा स्वतन्त्र हुने पक्षमा बहुमत आएपछि स्पेनमा राजनीतिक संकट छाएको छ ।






