समाजसेवी कँडेल एवं राजदुतहरु सम्मानित

काठमाडौँ । नेपालस्थित प्यासिफिक पब्लिकेशनको छैठौ वार्षिक उत्सवको आयोजनामा हालै काठमाडौँमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपालस्थित विदेशी राजदुत तथा अन्तराष्ट्रिय व्यवसायी एवं समाजसेवी सम्मान प्रदान गरिएको थियो ।

समारोहका प्रमुख अतिथि नेपालका पुर्व प्रधानमन्त्री लोकेन्द्र ब चन्दले नेपालस्थित बंगलादेशका राजदुत, श्रीलंकाका राजदुत, म्यानमारका राजदुतहरुलाई कुटनैतिक सेवा सम्मान प्रदान गरिएको थियो । सोही समारोहमा आयोजक संस्थाद्वारा प्रकाशित भीष्म पितामह र व्यक्तित्व विकास कसरी गर्ने नामका दुई पुस्तकहरुको लोकापर्ण समेत गरिएको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै सम्मानित अतिथि अन्तराष्ट्रिय व्यवसायी एवं समाजसेवी नरेन्द्र कँडेलले नेपालको विकासको लागि आफ्नो कर्तव्य र काममा ध्यान दिनुपर्ने बताए । उनले संसारभर नै सम्पुर्ण सम्भाव्यताले भरिपुर्ण राष्ट्र नेपालमा स्थितर राजनीति र भ्रष्टचार अन्त्य भए छिट्टै राष्ट्रको विकास हुने बताए ।

आफुले पनि नेपालको विकासमा हरसम्भव योगदान दिने उनको भनाइ थियो । समारोहका सभापतित्व वरिष्ठ स्वतन्त्र पत्रकार एवं संस्थाका सल्लाहकार लोचन कमार थपलियाले गरेका थिए ।