स्वीट्जरल्याण्डको स्वीस बैंकमा आठ जना नेपालीले कालो धन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान बिभागले अनुसन्धान सुरु गर्ने भएको छ । हामीसँग कुरा गर्दै विभागका महानिर्देशक केबल भण्डारीले कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्याण्ड सरकारसंग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए ।
सार्वजनिक भएको विवरणलाई आधार बनाई राष्ट्रबैंकसंग समन्वय गरेर अनुसन्धान अघि बढाइदैछ । कालो धन पुष्टि भए जम्मा भएको रकम नेपाल झिकाउन स्वीस बैंकसंग समन्वय गर्ने योजना पनि महानिर्देशक भण्डारीले सुनाए ।
कालोधन राख्ने भनिएकाहरुलाई कानूनी कठघरामा उभ्याइ छाड्ने उनको प्रतिवद्धता थियो । यसअघि, आठ जना नेपालीको पाँच अर्ब ४० करोड रुपैयाँ कालोधन राखेको तथ्य बाहिर आएको थियो । यद्यपी तिनको नाम भने गुपचुपै छ ।
स्वीस बैंकमा ‘कालोधन’ थुपार्ने नेपालीहरुको अनुसन्धान गरिने






