काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चुनावी अभियान सुरु गरेका छन् ।
उनले सो क्षेत्रमा निर्वाचित भएको खण्डमा सांसदले पाउने तलब क्षेत्र नं १ कै संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने प्रतिवद्धतासहित ‘परोपकारी आमा’ पवित्रदेवी रायमाझीबाट आशिर्वाद लिँदै चुनावी अभियान शुरु सुरु गरेका हुन् ।






