काठमाडौँ– वरिष्ठताको पहिलो नम्बरमा रहेर पनि शेरबहादुर देउवा सरकारबाट महानिरीक्षक नबनाइएका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले राजनीति सुरू गर्नुभएको छ ।
शुक्रबार राजधानीमा भएको एक एक कार्यक्रमबीच सिलवाललार्इ एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा प्रवेश गराउनुभयो ।
अध्यक्ष ओलीबाट एमालेको टीका लगाएपछि सिलवालले भन्नुभयो, ‘पहिले प्रहरीको सिपाहीँको भूमिकामा थिएँ, अब एमालेको कार्यकर्ता बनेको छु ।’
एमालेमा प्रवेश गरेसँगै सिलावलले पहिलो पटक लालसलामको अभिवादन पनि गर्नु भयो । यो पार्टी प्रवेश कार्यक्रम सिलवालसँगै गायक सञ्जय श्रेष्ठ पनि एमाले कार्यकर्ता बन्नुभयो ।
सोही कार्यक्रममा सिलवालले आफु नेपाल प्रहरीमा रहँदा पनि देश र जनताका लागि काम गरेको बताउँदै एमालेमा रहेर पनि देश र जनताका लागि काम गर्ने उदघोष गर्नुभयो । ‘म प्रहरीमा हुँदा पनि देश र जनताका लागि काम गरेँ’, सिलवालले भन्नुभयो, ‘एमालेमा रहेर देश र जनताका लागि एमालेको कार्यकर्ताका रुपमा काम गर्नेछु ।’
सिलवालले मुलुकको समृद्विका लागि काम गर्ने पार्टी एमाले भएकाले आफू पनि यही पार्टीको सिपाही भएर काम गर्ने धारणा राख्नु भयो ।






