एमाले गुल्मीमा प्रदिप र गोकर्णको नाम सर्वसम्मत, रामकुमारी झाँक्री समानुपातिकमा

गुल्मी- आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बैठकले दुई केन्द्रीय सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टलाई सिफारिस गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए ।

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । ज्ञवाली साबिकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । ज्ञवाली २०५६ साल र २०६४ सालमा सम्पन्न निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फ बालसिंह काउछा, मैना भण्डारी, गणेश बिश्वकर्मा, होमनाथ कँडेल, भिम पौडेलको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ बोम खड्का, रामकुमारी झाँक्री, सागिर मियाँको नाम सफारिस गरिएको सचिवालय सदस्य नेपाली जानकारी दिए ।