लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको नब निर्बाचित कार्यसमिती लाई ह्यान्ड ओभर टेक ओभर कार्यक्रम हुने भएको छ ।
उक्त सम्मरोहमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष शेष घले समेत को उपस्थीति रहने छ ।
एन आर एन युकेका महासचिब आर के त्रिपाठी बाट जारि बक्तव्य
जस्ता को तस्तै –
आदरणीय,संरक्षक ज्यूहरू सल्लाहाकार ज्यूहरु
पुर्व कार्यसमितिका पदाधीकारी एब सदस्यहरू
पुर्व सल्लाहाकार हरु पुर्व आइसिसी सदस्यहरु
(गैरआवासीय नेपाली संघ, बेलायत )
वेलायत स्थित बिभिन्न संघसस्थाका प्रमुख एव पदाधीकारी एबं सदस्य हरू ,
सामाजिक वौद्धिक ब्यक्तित्व हरु,
पत्रकार महोदय ज्यू हरु,
राजनैतीक भातृ संगठनका अध्यक्ष एबं संघसंस्थाका सम्पूर्ण पदाधीकारी हरु
पूर्व गोर्खाज संघ सस्थाका अध्यक्ष एवं कार्यसमितीका सदस्यहरु
हार्दीक निमन्त्रणा !!
महोदय,
सेप्टेम्बर ९ शनिबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ बेलायत, अधिवेशन २०१७ ले हामी हरुलाई आगामी २०१७–१९ को कार्यकालको लागि चयन गरेको शुभअवसरमा हाम्रो तर्फबाट तपाईंहरु माँझ धन्यवाद ब्यक्त गर्न चाहन्छौ ।
गैरआवासीय नेपाली संघ बेलायतका सदस्यहरुको सपना एवम् सोचलाई मूर्त रुप दिन आगामी दिनमा हामीहरु बेलायतस्थित नेपाली समाज एवम् व्यक्तिहरु बीच भाइचारा, भ्रातृत्व एवम् सहकार्य गर्दै असल समाज निर्माण गर्न र हाम्रा अगाडि रहेका एजेन्डाहरुलाई पूर्ण गर्न र नेपाललाई समेत विभिन्न कार्यहरुमार्फत् सहयोग गर्न हामीहरु सामूहिक रुपमा अघि बढ्ने प्रतिबद्ध रहेको भावना व्यक्त गर्न चाहन्छौं ।
प्रचलित परम्पराअन्तर्गत निवर्तमान गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय समन्वय समिति बेलायतलाई बिदाइ एवम् नवनिर्वाीचत राष्ट्रिय समन्वय समितिलाई कार्य सफलताको शुभकामना एवम् ह्यान्ड ओभर टेक ओभर कार्यक्रम सामूहिक रुपमा राखिएकोले निम्न तल उल्लेखित स्थान र समयमा अनिवार्य उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
मिति : २४ सेप्टेम्बर २०१७
समय : बिहान १० बजे
स्थान : एम्पियर हल, अल्टरसर्ट,
आर.के. त्रिपाठी
महासचिब
गैरआवासीय नेपाली संघ, बेलायत






