प्रधानमन्त्री र राष्ट्रपति भेटेर वाङले भ्रमणको विट मार्ने

xg'dfg 9f]sf cjnf]sgP]ltxfl;s xg'dfg 9f]sf b/af/sf] cjnf]sg ug'{x'Fb} rLgsf] /fHokl/ifbsf pkk|wfgdGqL jfª ofªnufot g]kfn e|d0fdf /x]sf lrlgofF k|ltlglwd08n . tl:a/ M k"0f{k|;fb ld>, /f;;

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्छुटै भेटवार्ता गर्दैछन् ।
गत सोमबार तीनदिने नेपाल भ्रमणमा आएका उपप्रधानमन्त्री याङले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा दिउँसो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रपति भण्डारीसँग वाङले अपरान्ह चार बजे शितलनिवासमा भेटबार्ता गर्नेछन् ।

यसअघि आजै वाङ नेतृत्वको टोलीसँग नेपाल उद्योग बाणिज्य महासंघकको टोलीले भेटबार्ता गर्दैछ । राष्ट्रपतिसँगको भेटवार्तापछि वाङ स्वदेश फर्कनेछन् ।
यसअघि वाङले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटबार्ता गरेका थिए । यसक्रममा नेपाल र चीनवीच तीन सम्झौतामा हस्ताक्षर भएका थिए ।
बाढी पीडितका लागि १० लाख अमेरिकी डलरको पनि घोषणा गरेका थिए ।

राजनीतिक भेटघाटका क्रममा उपप्रधानमन्त्री वाङले नेपाली नेताहरुलाई पुराना सम्झौताहरु कार्यन्वयनतर्फ अघि बढाउन चिनियाँ राष्ट्रपतिको सन्देश सुनाएका थिए ।
वाङले आज राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि सोही विषयमा चासो राख्ने बताइएको छ ।