लण्डन । गत साता भारी वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म प्रभावकारी रुपमा राहत र पुर्नस्थापनाको बन्दोबस्त मिलाउन नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले नेपाल सरकारसंग माग गरेको छ ।
लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापन पत्र पठाउंदै मञ्चले भारत सरकारसंग तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गर्न र समाधानका लागि कूटनीतिक पहल गर्न समेत माग गरेको छ ।
भारतीय पक्षबाट नेपाली सीमाको नजिकै एकतर्फी रुपमा बांध बांध्नाले वर्षेनी तराईमा डुबानको समस्या बढिरहेको ठहर मञ्चको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टोली मंगलबार दिउंसो लण्डन दूतावास पुगेर राजदूत डा दुर्गाबहादुर सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै राजदूत डा सुवेदीले आफुले सकेसम्म छिटो मञ्चको ज्ञापनपत्र नेपाल सरकारसम्म पुरयाइदिने वचन दिए । देशले व्यहोरिरहेको राष्ट्रिय विपतका बेला बेलायतबाट संसथागत रुपमा मञ्चले देखाएको सहयोगको अग्रसरताको लागि राजदूत डा सुवेदीले मञ्चको प्रशंसा गरेका थिए ।
मञ्चले तत्काल नै बेलायतका नेपालीहरुबाट आर्थिक संकलन गरेर बाढीपीडितका लागि सहयोग पठाउने समेत जनाएको छ ।
जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ। बाढी पीडितहरुकालागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले भने ।
ज्ञापनपत्रको पुर्ण पाठ :









