ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

clj/n jiff{sf sf/0f 8'jfgdf k/]sf] ;8saf6 cf–cfkmgf] uGtAo tkm{ nfUb} ;j{;fwf/0f . nuftf/ tLg lbg b]vL k/]sf] jiff{sf] kfgLn] jL/uGh dxfgu/kflnsf] @) eGbf a9L j8f 8'jfgdf k/]sf 5g . tl:a/ M ljho s'df/ dxtf], k;f{, /f;;

चितवन- पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उहाँले बताउनुभयो ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताउनुभयो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताउनुभयो । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।