च्यारिटी वाक’ गर्दै प्रा. सुवेदी

thumbnail_prof_subedi_2015_walkलण्डन । नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने ब्रिटिश परोपकारी संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको अवसरमा सो संस्थाले नेपालमा गरेको काममा सहयोग जुटाउने उद्देश्यले उक्त संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले १३५ किमी पदयात्रा गर्न लागेका छन्।

आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्ट समेतका साथमा उनले इंगल्याण्ड र स्कटल्याण्डको सीमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्म यात्रा गर्न लागेका हुन्।

उनले यही सोमबार, १४ अगष्ट न्यूक्यासल पुगेर मंगलबारदेखि पदयात्रा शुरु गर्नेछन् र २१ अगष्टमा मात्र लण्डन फर्कनेछन्।

प्रा. सुवेदीको उक्त अभियानमा र ट्रष्टले नेपालमा गरिरहेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले सो संस्थाको निम्नानुसारको वेवसाइटमा गइ सहयोग गर्न सकिनेछ।

http://www.britainnepalmedicaltrust.org.uk/support-us ठूलो सानो जतिसुकै रकम सहयोग गर्ने प्रति आफू र आफ्नो संस्था आभारी रहने प्रा. सुवेदीले बताए । स्मरणीय छ, दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पपछि सहयोग गर्न प्रा. सुवेदीले आफैंले ५ लाख रुपैयां चन्दा दिएका थिए भने उनले भूकम्प पीडितका लागि सहयोग पु-याउन उक्त संस्थाले आयोजना गरेको बेलायतको दक्षिणी तटको एकसय किमीको शुरु देखि अन्त्यसम्म नरोकिइ अहोरात्र पदयात्रा पनि गरेका थिए। (हेर्नोस् फोटो)

काठमाण्डौंमा मुख्य कार्यालय रहेकेा ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालका झण्डै ४५ जिल्लामा विभिन्न प्रकारका स्वास्थ्य सेवा पुराइरहेको छ ।