एनआरएन फ्रान्सको अध्यक्षमा जिता कटुवालको उम्मेदवारी घोषणा

18157914_719963868187051_6835277995345258345_nलन्डन– एनआरएन फ्रान्सको अध्यक्षमा जिता कटुवालले उम्मेदवारी घोषणा गरेकी छन् । लामो समयदेखि सामाजिक सेवा र विभिन्न संघ संस्थामा रहेर काम गरेकी कटुवालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनले आफू फ्रान्सको एनआरएन हाक्न सक्षम रहेकोसमेत बताइन् ।

यसै बीच १५ वर्ष दखि फ्रान्सको पेरिस मा बस्दै आएकी जिता सुनसरी प्रकासपुर स्थाई घर हो भने स्कुल देखि कलेज सम्म बिधार्थी नेताको रुपमा लगयत विभिन्न संघ सस्थामा काम गरेको राम्रो अनुभब छ ।

फ्रान्समा व्यवसाय गर्दै आएकी कटुवाल पाकोफेन संस्थामार्फत सामाजिक सेवामा क्रियाशील छन् । एनआरएनलाई नयाँ सोच अनुसार अगाडि बढाउन आफू नेतृत्व लिन अगाडि बढेको उनले बताइन् । एनआरएन यूरोप भेलालले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको उल्लेख गर्दै कटुवालले फ्रान्समा अप्ठ्यारो परेका नेपालीहरुबीच काम गरेकाले आफूले जित्नेमा दुईमत नभएको बताइन् ।

उम्मेदवारी घोषणापछि लन्डन नेपाल न्यूज डट कमसँग कुरा गर्दै मैले वर्षौं देखि लिएको संस्थागत अनुभवलाई प्रयोग गरेर एन आर एन ए फ्रान्सलाई नेत्रित्व गर्न सक्छु भन्ने निर्धक्कताले अगाडि बढेकि छु । महिलाहरुपनि पुरुषभन्दा कम छैनन् भन्ने काम गरेरै देखाउन चाहन्छु ।’कटुवाल एनआरएनए फ्रान्समा सदस्य हुंदै उपाध्यक्ष भइसकेकी छन् ।