भक्तपुर– एमाले अध्यक्ष केपी आली र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराई भेट्न अध्यक्ष ओली बुधबार दिउँसो भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुगेका हुन् ।
दुई नेताबीच करिव १० मिनेट कुराकानी भएको थियो । भेटपछि अध्यक्ष ओलीले भटराईको स्वास्थ्य अवस्था बुझ्न आफु अस्पताल आएको प्रतिकृया दिए । ओली झापाबाट एयरर्पोट झेरर सिधै भट्राई उपचाररत अस्पताल पुगेका थिए । उनले भेटमा केही राजनीतिक विषयमा समेत कुराकानी भएको बताएपनि के के विषयमा कुराकानी भयो भन्नेबारे भने संचारकर्मीलाई बताउन चाहेनन् । ओलीले भने–राजनीतिज्ञहरु विरामी भएपनि मुलुकको चिन्ता गर्न छाडदैनन् । ’
गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरेका भटराई आजै अस्पतालबाट डिस्चार्ज हुदैछन् । उनले अस्पतालमै पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
बाबुराम भेट्न पुगे ओली






