लन्डन– एक महिनापछि हुने एनआरएन यूकेको अधिवेशनका लागि उम्मेदवारी घोषणा दैनिक हुने गरेका छन् । अध्यक्षमा तीन जनाले दाबी गरिरहँदा अन्य पदमा पनि उम्मेदवार बन्नेको ठूलै संख्या देखिएको छ ।
सोमबार साझ साउथ ह्यारोस्थित चौतारी रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै आ- आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उपमहाचिवमा कृष्ण तिवारी र सचिवमा पत्रकार तथा साहित्यकार नारायण गाउँले लगायत सहकोषाध्यक्षमा महेश गिरी तथा सदस्य पदमा सञ्जय पन्त र सुरेश परियारले उम्मेदवारी घोषणा गरेका छन् ।एकै साथ ५ जनाले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
तिवारी वर्तमान कार्यसमितिका सचिव छन् भने साहित्यकार गाउँले सदस्य हुन् । पत्रकार सम्मेलनमा पत्रकारहरु नविन पोखरेल, श्याम लुइँटेल, शिव भण्डारी लगायत आरके त्रिपाठी डा. राजेन्द्र थापा सहित को उपस्थिति थियो ।
एनआरएन यूकेको अधिवेशन सेप्टेम्बर ९ मा हुँदैछ ।






