बबई र कर्णाली नदीको बहाव चेतावनी तह नजिक, तटका वासिन्दालाई सचेत रहन आग्रह

v'b'gfaf/Lsf] k'n aufof] emfkfsf] latf{df]8 x'Fb} v'b'gfaf/L hf]8g] ;8s v08df kg{] lal/ª vf]nfdf agfPsf] afF;sf] c:yfoL k'n af9Ln] aufPkl5 cfjthfjtdf ;d:of ePsf] 5 . tl:a/ M ;'/]Gb| e08f/L, -;'?ªuf_emfkf, /f;;

काठमाडौँ– हिजो देखि परिरहेको अविरल वर्षाको कारण बबई तथा कर्णाली नदीको बहाव बढेको छ । दुवै नदीको बहाव चेतावनी तह नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले नदीको वरपरका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान ८ वजेको विवरण अनुसार ववइ चेपाडमा पानीको सतह ५.३२ छ । त्यसैगरि कर्णाली चिसापानीमा पानीको सतह ९.८७ पुगेको छ । दुवै नदीको माथिल्लो तटीय क्षेत्रमा समेत निरन्तर पानी परिरहेको छ । ववइको चेतावनी तह ५.५ मिटर हो भने कर्णालीको चेतावनी तह १०.८० मिटर छ ।

जिल्ला दैविप्रकोप उद्धार समितिले निरत्तर वर्दिया जिल्लामा पानी परिरहेको साथै ववई र कर्णाली नदिको माथील्लो क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकोले नदि नजिकको होचो सतहमा रहेको वस्ती, त्यसैगरि जोखीम पहिचान गरिएको वासीन्दालाई अग्लो स्थानमा गई वस्न र निरन्तर सर्तकता अपनाउन आग्रह गरेको हो ।

वाढी सम्वन्धि थप सूचना प्राप्त गर्न जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको टेलिफोन नम्वर ०८४४२०९९९ र जल तथा मौसम विज्ञान विभाग,वाढी पुर्वानुमान शाखाको ११५५ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।