लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको आइतबार ग्रीनफोर्ड स्थित टाउनहलमा आफ्नो ३१ औं वार्षिकोत्सव धुमधामका साथ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहको अध्यक्षतामा सम्पन्न भएको सो समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी,र विशेष अतिथी इलिङ काउन्सिलका काउन्सिलर शरण शर्मा रहेका थिए ।
कार्यक्रममा लामो भाषण, खादा सम्मान र अथितिको नाम पटकपटक लिनु पर्ने परम्परा भने कोसेलीले राखेको थिएन ।कार्यक्रम नमुना जस्तो सभ्य तरिकाले गरिएको थियो । नया पुस्ताका युवा युवती हरुको रोचक सांस्कृतिक प्रस्तुति उल्लेख्यनिय माहोल थियो ।

५ सय बढि सहभागी उक्त कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु सहभागी भएको पाउदा प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत बसे पनि नेपाली भाषा, साहित्य,कला, संस्कृति, चाडपर्व, भेषभुषा, रहनसहन र सभ्यता नेपालीले बिर्सेका छैनन् भन्ने प्रमाण कोसेलीले दिएको बताए ।
यसै बीच कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहले मन्तव्य दिंदै विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र भाषा जगेर्ना गर्न संस्था अग्रसर भइरहेको बताइन् ।
कोसेलीका महासचिव खेमकाजी गौतमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा यती एसोसिएसनका,कार्यवहाक अध्यक्ष शशीधर नेपाल व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठ , धुर्ब केशी नर्सिङ्ग एसोसिएसनकी पर्सुन्ना कंडेल पत्रकार माहासंघ युकेका सस्थापक अध्यक्ष नबिन पोखरेल,सचिब शिब भण्डारी लागायत थुप्रै युवा साथीहरु सहित परिबारिक जमघट र नेपाली संघसंस्थाका प्रतिनिधि समेत सहभागी भएका थिए ।
शशी थापा सुब्बाले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रम अन्तर्गत दर्जनौं कलाकारले १७ वटा आइटम ननस्टप प्रस्तुत गरे, त्यो पनि निर्धारित समय १० बजे अघि नै । अंग्रेजी समयमा शुरु गरेर निर्धारित समय भन्दा अगाडि नै कार्यक्रम समापन गर्ने कोसेली एक संस्था हो भन्न सकिन्छ ।






