साझामा शृंखलाबद्ध अनियमितता : कर्मचारीको आडमा मनपरी

साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् ।

साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको छ ।

स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका नयाँ कर्मचारीको आडमा उनले मनपरी गर्न थालेका हुन् ।

यहाँसम्म कि आफू संलग्न रहेको अल्पाइन पब्लिकेसनको प्रेस ल्याएर स्थापना गर्दै सबैलाई झुक्याउन सफल भएका छन् ।

छापाखानाभित्र विना टेन्डर प्रेस ल्याएर राखिएको छ ।