नेपालमा प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो । तर विभिन्न चाडपर्व विशेष गरी दशैं, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आर्थिक बर्षमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड १५ लाख ९७ हजार बुक तास बार्षिक रुपमा आयात हुने गरेको छ ।
उक्त तथ्यांकलाई आधार मान्दा बार्षिक रुपमा औसत तीन जना व्यक्तिले एक बुक तास प्रयोग गरिरहेका छन् ।






