दक्षिण अफ्रिकामा दुईवटा फुटबल क्लबका समर्थकबीच भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ ।
जोहानसवर्ग शहरका दुई क्लबहरु केजर शेफ्स र ओर्लान्डो पाईरेट्सबीचको खेलका क्रममा समर्थहरुबीच झपड भएको हो ।
झडपमा परी १७ जना घाईते भएका छन् । घटनापछि पनि निरन्तरता दिइएको खेल केजर शेफ्सले १÷० ले जितेको थियो ।
८७ हजार दर्शक क्षमताको दक्षिण अफ्रिकाकै ठूलो रंगशालाको गेटमा समर्थकबीच ठेलाठेल हुँदा घटना भएको बताइएको छ ।






