मेक्सिकोमा गोली प्रहार, ११ जनाको हत्या

मेक्सिकोमा बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरिएको छ ।
मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा केही नकावधारी व्यक्तिले बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरेका हुन् ।

प्रहरीले घटनास्थलमा तीन बालकलाई जिवितै फेला पारेपनि ११ वयस्कलाई भने हत्या गरिएको अवस्थामा फेला पारेको हो ।