१८ वर्षदेखि ओडारमा बसेकी बृद्धको उद्दारमा सहयोगी बनिन् इशा गुरुङ [तस्बिर सहित]

लन्डन– १८ वर्षदेखि ओडारमा बस्दै आएकी बृद्धको उद्दारका लागि बेलायतबाट सहयोग संकलन  गरि ओढार बाट हुम्ला जिल्लाको सिमिकोट सम्म् हेलिकप्टर र  नेपालगन्ज हुदै काठमाडौँ ल्याउने कार्य सम्पन्न भएको छ  ।

समाजसेवी इशा गुरुङले हुम्लाको सिमकोट गाउँपालिका- ८ खोल्सी गाउँ माइती भएकी ८२ वर्षीया गोला शाहीको उद्दारका लागि पहल गरेकी हुन्  । शाही कुष्ठरोग लागेकै कारण १८ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् ।18471425_1407034316029757_590370117_n

गुरुङले आफ्नो पहलमा बृद्ध शाहीलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास सुरु गरेकी हुन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमानको मृत्युपछि माइतीको साहरा खोज्दै माइत आएकी थिइन् । तर, रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा गरेको थियो ।

19665559_1459029144163607_2545026774958395570_n

19884412_1460991727300682_8318999736126863527_nपरिवारका अन्य सदस्यले रोग सर्ने भन्दै माइतीले गाउँलेको सहारामा घरबाट निकालिदिएका थिए । माइतीमा छँदा कुनै रोग नभए पनि श्रीमानबाट आफूलाई कुष्ठरोग सरेको उनले बताइन् । २०४८ सालदेखि कुष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् । उनी १८ वर्षदेखि यो ओडारमा एक्लै बस्दै आइरहेकी छन् ।

बृद्धको उद्दारका लागि इशा गुरुङद्वारा बेलायतमा सहयोग संकलन अभियान मा …………./19970689_10209690225201249_1445773616_n

बेलायत बाट पछिल्लो समयमा सामाजिक सेवामा खटिएकी गुरुङले  सहयोगदाता सबैप्रति नमन गर्दै आफ्नो अभियानमा साथ दिएकामा कृतज्ञता व्यक्त गरेकी छन् ।

तस्बिर :Nabaraj Mahatara