अपराधीको संज्ञा दिँदै सत्तारुढ दलमाथि खनिए केपी ओली

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपराधिको संज्ञा दिएका छन् ।
अध्यक्ष ओलीले यो महिना भित्र संविधान संशोधन गरेर सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुनै नदिन षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
आईतबार गृह जिल्ला झापामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रहितलाई बेवास्ता गरेर आफ्ना क्षणिक स्वार्थ पूरा गर्न सत्तारुढ गठबन्धन लागि परेको आरोप पनि लगाए ।
अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहार्याए ।
अध्यक्ष ओलीले मुलुकलाई टुक्रा टुक्रा बनाउने काममा सरकार लागि परेको दावी पनि गरे ।
उनले स्थानीय तहको चुनावमा अन्तरघात गर्ने पार्टी नेता तथा कार्यकर्तालाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।