दर्शकले खचाखच भरिएको सिटी सेन्टरको फिल्म हलमा आगलागी

काठमाडौं– राजधानीको सीटी सेन्टरस्थित बिग मुभिजमा आगलागी भएको छ ।

फिल्म शो जारी रहेको बेला आइतबार दिउँसो एकाएक आगलागी हुन पुगेको हो । महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी महेश थापाले हल नम्बर दुईमा फिल्म शो जारी रहेको बेला आगलागी हुन पुगेको बताए । तार सर्ट भएर भएको भनिएको आगलागी केहिबेरमै नियन्त्रणमा लिइएको थियो ।

एकाएक आगलागी भएपछि दर्शहरुबीच त्रासको वातावरण समेत पैदा भएको थियो । डिएपसी थापाले छिट्टै आगलागी नियन्त्रणमा लिन सकिएकाले कुनै अप्रिय क्षति हुन नपाएको बताए ।