काठमाडौं- पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत जित निकाल्न नसकेको निश्कर्षमा पुगेको माओवादी केन्द्रले चुनावी नतिजाको समीक्षा र भावी योजना निर्माणका लागि वैठक आव्हान गरेको छ । साउन २ गते केन्द्रीय सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु सहभागी हुने गरी वैठक आव्हान भएको पोलिटव्यूरो सदस्य रामदीप आर्चायले बताए ।
माअोवादीभित्र स्थानीय तहको चुनावी परिणामलाई लिएर निकै ठूलो उथलपुथल भएको छ । चुनाव आफ्नो अनुकुल नभएकोमा धेरै ठाउँमा नेताहरु असन्तुष्ट छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चुनावी नजिता जसको पक्षमा गएपनि एजेन्डामा माओवादीको जित भएको बताउँदै आएका छन् ।
स्थानीय तहको दुवै चरणको चुनावमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । माओवादीलाई पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ तहमा मात्र जित प्राप्त गरेको छ ।
प्रचण्डले किन बोलाए जिल्ला इन्चार्जहरुको भेला ?






