काठमाडौ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा धेरै आर्थिक चलखेल भएको भन्दै सुसासनका लागि खर्चिलो चुनाव प्रणालीको अन्त्य हुनुपर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सत्ताको नेतृत्व गरेको दलका नेता पौडेलले पैसाकै बलमा चुनाव लड्ने प्रद्धती विकास हुदै जाँदा अन्तत प्रजातन्त्र घाईते हुने र मुलुकको विकासमा अवरोध पुग्ने दाबी समेत गरेका छन् । शुक्रबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता पौडेलले निर्वाचनमा हुने अबैध पैसाको चलखेलले देशलाई भ्रष्टाचारमा धकेल्ने उल्लेख गरे ।
नेता पौडेलले राजधानीमा दैनिक बसोबास बढ्दै जाँदा र गाउ रित्तो हुने क्रम बढ्दै गएको भन्दै भुगोल र जनसंख्याको बसोबासको अवस्था असन्तुलित हुदै गएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उत्पादन योग्य जमिनमा नयाँ शहर बनाउने काम अघि बढेको भन्दै अन्न भण्डारको विनास भई खण्डहर बन्ने अवस्था आएको भन्दै त्यस तर्फ पनि गम्भीर बन्नुपर्नेमा उहांले जोड दिए ।






