महन्थको दौडधुप : बिजुलीबजारदेखि बालुवाटार, बालुवाटारबाट लैनचौर

काठमाडौं– प्राय दौडधुप मन नपराउने राजपाका नेता तथा अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुरको मंगलबार एकाएक व्यस्तता बढ्यो ।
मंगलबार विहान राजपाको बैठकमा सहभागि बनेका नेता ठाकुर बैठकलगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन बालुवाटार पुगे ।

देउवासँगको छलफलपछि ठाकुर भारतीय राजदुताबास लैनचौर पुगेका छन् । त्यहाँ छलफलपछि उनी पुनः पार्टी कार्यलय बिजुली बजार पुग्नेछन् र पुनः राजपाको बैठकमा बस्नेछन् ।
तेस्रो चरणमा हुने २ नम्बर प्रदेशको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको तयारी गरेको राजपाले त्यसबारे छलफल गरिरहेको छ ।

त्यस्तै पार्टीका नेता हृदयेस त्रिपाठी लगायतका नेताले पार्टी छाड्ने चर्चा समेत भइरहेका वेला नेता ठाकुरको यो दौडधुपलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।