काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यागमन विभागमा गलत काम हुने गरेको सुचना आफूकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा क्षमा नदिइने बताएका छन् ।
सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘मकहाँ आईपुगेको सुचना गलत पनि हुनसक्छ, सही सूचना हुन् भने गलत गर्नेहरु तयारी भएर बस्नुहोला ।’
‘योजनाबद्ध तरिकाले गतल गर्नेलाई कुनै पनि शर्तमा क्षमा दिइने छैन ।’ मन्त्री शर्माले भने, ‘त्यस्ता सुचना र प्रमाणहरु मसँग आईपुगेका छन्, यद्यपी विभागीय हिसावले ति सुचना आएका छैनन् ।’
अध्यागमनमा हुने गरेको गलत कामको सुचना सही हो या हैन भन्नेबारे आफुले बुझिरहेको जानकारी दिँदै उनले भने, ‘काम गर्दागर्दै भूल गरेको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको जसका कारण राष्ट्रको बद्नाम भएको र सेवामा ठुलो संकट आएको मैले बुझेको छु ।’
केही दिनयता मात्रै पनि त्यस्ता घट्ना घटेको सुचना आफुले पाएको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक रिपोर्ट आएमा कारवाही गरिने बताए ।
‘मेरो एउटा कुरा तपाईलाई भन्न चाहन्छु राष्ट्रप्रती हामी सवै ईमान्दार हुनुपर्छ, ईमान्दारीतापुर्व काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिनेकाम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन ।’ उनले भने, ‘कर्मचारीका लागी मन्त्री कुनै विशेष चिज होइन, तपाईहरुको साथी हुँ, साथिको रुपमा ब्यवहार गर्न चाहन्छु ।’
सोमबार विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमन सँग सम्वन्धीत सवै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् । त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागी २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ ।
गृहमन्त्री शर्माले ‘नेपाल ईमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।






