तनहुँ– शनिबार देखि परेका अबिरल वर्षाका कारण दुलेगौंडा बाट ढोरफिर्दी जाने शुक्लागण्डकी नगरपालिको ४ र ८ नम्बर वडा जोड्ने सेती नदिको पुल डुबानमा परेको छ ।
पोखरा र आसपासका क्षेत्रमा हिजो शनिबार देखि भारी वर्षा भएपछि पानीको सतह बढेको हो ।
पुल डुबाएपछि तनहुँ र स्याङजा को विभिन्न ठाँउबाट देशका विभिन्न भागमा जान आएका यात्रुहरु समस्यामा परेका छन् ।
उक्त सडकखण्ड अवरुद्ध भएपछि फिरफिरे, राइपुर र स्याङ्जाको विभिन्न स्थानमा संचालित यातायात सेवा अबरुद्ध हुन पुगेको छ ।






