सुनवलको मेयर कांग्रेस, उपमेयर एमाले

नवलपरासी- सुनवल नगरपालिकाको मेयरमा कांग्रेस भरत बहादुर थापा र उपमेयरमा एमालेका दधिराम अर्याल विजयी भएका छन् ।
थापाले प्रतिद्वन्द्वी एमालेकी बिमला अर्याल भन्दा ५ सय २५ मत बढि ल्याएका छन् । थापाले ९७०७ र अर्यालले ९१८२ मत ल्याए । उपमेयरमा एमालेका दधिराम अर्यालले ९९१० ल्याएर जिने भने कांग्रेसकी तारादेवी भण्डारीले ९२१० मतमा चित्त बुझाउन पर्‍यो ।
मेयर थापा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत हुन् । १३ वटा वडा रहेको नगरपालिकामा काग्रेसले ३, एमालेले ९ र माओवादीले १ वटा वडा जितेका छन् ।