एसिया कपको उपाधि अष्ट्रेलियालाई

एसिया कप फुटबलको उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै आयोजकले उपाधि सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको समयमा गोल गर्दै अष्ट्रेलिया विजयी भएको हो ।