प्रश्नावली समितिको बैठक बस्ने

माघ ८ मा संविधान नबनाएर एकार्कालाई दोषारोपण गर्दै हिडेका सत्ता र विपक्षी दलहरुबीच पछिल्ला दिनमा संवादहीनताको स्थिति रहेकै बेला आज प्रश्नावली समितिको बैठक बस्ने तयारी भइरहेको छ । नयाँ संविधानका विवादित विषयमा सहमति नबनेपछि प्रक्रियामा जान सत्ता पक्ष मात्रको सहभागितामा माघ ११ गते सभाबाट प्रश्नावली समित बनाइएको थियो ।
विपक्षीको होहल्ला र नाराबाजीबीच सत्ता पक्षले प्रश्नावली बनाएपछि विपक्षी दल भने सडकतिर लागेका छन् । समिति गठन गर्दै आज बैठक गर्ने गरी सभाध्यक्ष सुवास नेम्बाङले मिति तोकेका थिए । यो बीच दलहरुमा सहमतिको प्रयास भएपनि विपक्षीहरुले प्रश्नावली समिति खारेज गरी सहमतिमै संविधान बनाउने सुनिश्चित गर्नुपर्ने अड्डी लिइरहेका छन् ।