नवलपरासीको जनता उमावि मतदान केन्द्रमा मतदाता भोट नै हाल्न गएनन्

नवलपरासी– नवलपरासीको सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्रमा जम्मा दुई जनाले मात्रै मतदान गरेका छन् ।
सो मतदान केन्द्रमा ५ सय २ मतदाता रहेको भएपनि दिउँसो पौने २ बजेसम्म जम्मा दुई जनाले मात्रै मत खसालेको निर्वाचन अधिकृत लीलाधर शर्माले जानकारी दिए ।
साविकको हुजहवा गाविस बडा नम्बर दुईका उनीहरुले गाविसका अरु वडालाई सरावल गाउँपालिका बडा नम्बर ७ मा राखेर आफूहरुलाई भने बडा नम्बर ६ मा राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सोहि असन्तुष्टिको कारण उनीहरु मत खसाल्न नगएको नवलपरासीका पत्रकार हुसेन अन्सारीले बताए ।