मतदान गर्दा गर्दै मृत्यु

काठमाडौं– मत खसाल्न गएका झापाको दमक ९ का ८२ बर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । बुधबार बिहान ७ : ३० बजे उनको सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए । पारिवारीक स्रोतका अनुसार उनी मुटुको समस्याबाट पीडित थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिए ।

उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।