राजपाले बढायो चुनावी सरगर्मी : केन्द्रीय नेता मतदाताको घरदैलोमा

राजपा नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।

केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेको छ ।

पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।