काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।
यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागि भएका ४६२१३६ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२२८४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३.२ भन्दा माथि देखि ३.६ जीपीएमा ४२४२७ जनाले ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५०६४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१९५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा९१३१४ र १.६ देखि २.४ जीपीए ल्याउने १०८४६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४५७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११२८५ रहेका छन् ।






